मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अबुधाबीमा प्लास्टिक झोलामा जुलाईदेखि प्रतिबन्ध !

baahrakhari.com · Wed Apr 06 23:15:00 GMT 2022

दुबई । संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीले बुधबार आगामी जुलाईदेखि प्लास्टिकका झोलाहरूको प्रयोगमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । तेलका लागि धनी मुलुक यूएईले कार्बन कटौती गर्ने आफ्नो महत्वाकांक्षी लक्षका लागि चाल्न लागेको यो पछिल्लो निकै महत्वपूर्ण कदम हो ।

अवुधाबीको सरकारी अखबारको कार्यालयले जारी गरेको यस सम्बन्धी विज्ञप्तिमा आगामी प्रतिबन्धलाई कसरी कार्यान्वयन गरिने भन्नेबारे स्पष्ट व्याख्या गरिएको छैन । त्यसमा त्यस्ता प्लास्टिकका झोलाहरू वितरण गर्ने व्यापारिक निकायहरूलाई वा तिनीहरूलाई प्रयोग गर्ने व्यक्तिहरूलाई कारबाही गरिने हो भन्ने स्पष्ट पारिएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)