दुई दशकपछि सडक स्तरोन्नति
barnanmedia.com · Sat Apr 19 23:31:39 GMT 2025

काठमाडौँ, ७ वैशाख : निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हटेको हो ।
मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा पर्यो । तत्कालीन जिल्ला विकास समितिले रु १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गर्यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो । आर्थिक वर्ष २०६०÷६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)