मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सकियो बृहत् मुस्ताङ सरसफाइ अभियान

barnanmedia.com · Sat Apr 19 23:35:17 GMT 2025

काठमाडौँ, ७ वैशाख : मौलिक संस्कृति र पर्यावरण बचाऔँ, वातावरण प्रदूषण घटाऔँ, मुस्ताङ जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गरौँ’ भन्ने उद्घोषसहित जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय स्थानको बृहत् सरसफाइ तथा जनचेतनमूलक पाँचदिने अभियान शनिबार सकिएको छ । जिल्ला समन्वय समितिको अगुवाइमा मुस्ताङका पाँच पालिकाले संयुक्त रूपमा आयोजना गरेको पाँचौँ दिन शनिबार म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा पुगेर समापन भएको हो ।

यसअघि उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको (नेपाल–चीन) कोरलानाकाबाट मुस्ताङस्थित धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत् सरसफाइ तथा चेतनामूलक अभियान सुरु गरिएको थियो । अभियानअन्तर्गत जिसससहित मुस्ताङका पाँचै वटा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षलगायत जनप्रतिनिधि एवं कर्मचारीको उपस्थितिमा अभियान सम्पन्न भएको थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)