वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
nepalpress.com · Sun Oct 18 11:39:19 GMT 2026
काठमाडौँ । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।
विराटनगरले रसेललाई टोलीमा अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत आज जानकारी गराएको छ । ‘समर्थकले तपाईंको माग गरे । हामीले पूरा गर्याे । विराटनगर किङ्समा स्वागत छ’, विराटनगरको टोलीले आफ्नो सामाजिक सञ्जालमा लेखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)