धरानले दियो समलिंगीलाई सानदार मत
ekantipur.com · Wed Nov 30 00:54:27 GMT 2022
सुनसरी — स्थापित दलका उम्मेदवारहरूको प्रतिष्पर्धालाई धरानमा कसले चुनौती देलान् ? प्रतिनिधिसभा सदस्यका लागि एमाले–कांग्रेसले आआफ्ना चुनाव चिह्न अघि सार्नुभन्दा गठबन्धनका उम्मेदवारलाई समर्थन दिएका थिए ।
एमालेको समर्थन रहेका जसपाका अशोक राई र सत्ता गठबन्धनका तर्फबाट उठेका माओवादीका मुक्सामहाङ सुब्बालाई कसैले चुनौती दिन सक्थ्यो भने ती धरान नगरपालिकाका पूर्वप्रमुख मनोज मेन्याङ्बो हुनुपर्ने लख धेरैले काटेका थिए । कारण मेन्याङ्बोले एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए । चुनावी हारजितको अड्कलबाजी गर्नेहरूका लागि उम्मेदवारका नाममध्ये अप्रत्याशित थियो गोमा तामाङ, चुनाव चिह्न घण्टी ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)