देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ९ जनाको मृत्यु
ratopati.com · Sun Oct 18 12:08:32 GMT 2026

काठमाडौँ। देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा नौ जनाको मृत्यु भएको हो।
सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भई आज बिहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ बस्ने २१ वर्षीया युपना राईसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)