विदेशी मुद्रा सञ्चिति ३७ खर्ब रुपैयाँ नाघ्यो, आयात धान्ने क्षमता बलियो
baahrakhari.com · Tue Jun 09 11:40:51 GMT 2026

काठमाडौं । नेपालको विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्चस्तरमा पुगेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार वैशाख मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब चार करोड ५५ करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा गणना गर्दा सञ्चिति २४ अर्ब १९ करोड डलरबराबर रहेको छ । यो सञ्चितिले करिब १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने क्षमता राख्ने राष्ट्र बैंकको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)