ब्युँताइँदै कोभिड अस्पताल
annapurnapost.com · Thu Mar 25 06:42:00 GMT 2021
कोरोना भाइरस संक्रमणको जोखिम फेरि बढेसँगै आवश्यक भौतिक संरचना ब्युँताउन थालिएको छ। स्थानीय तह र प्रशासनले कोभिड अस्पताल, क्वारेन्टाइनदेखि आइसोलेसनसम्म पुनः सञ्चालन गर्ने तयारी थालेका छन् ।
प्रदेश १ सरकारले विराटनगर–१० मा सञ्चालन गरेको कोभिड—१९ अस्पताल कोरोना संक्रमण शून्य अवस्थामा झरेसँगै बन्द थियो। तर, फेरि संक्रमणको जोखिम देखिएकाले करारका कर्मचारी पुनः खटाउने तयारी गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। ‘संक्रमण देखिएपछि मन्त्रालयले प्राविधिकसहित चिकित्सकसँग छलफल सुरु गरेको छ’, मन्त्रालयका प्रशासन महाशाखा प्रमुख अम्बिकाप्रसाद चौलागाईंले भने, ‘बिरामी आउनासाथ राख्न समस्या हुन दिनेछैनौं।’
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)