बैतडीमा जंगली बँदेलको आक्रमणबाट चार जना घाइते
mahendranagarpost.com · Mon Jan 24 16:04:24 GMT 2022
बैतडी –बैतडीमा सोमबार साँझ जंगली बँदेलको आक्रमणमा परेर चार जना घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका १ घोरडी टोलका ४५ बर्षीय बलबहादुर कार्की,६५ बर्षीय मन्नाम जोशी,५५ बर्षीय हरिदत्त जोशी र ४५ बर्षीय बीरभान सार्की घाइते भएका हुन्।
जंगली बँदेल गाउँमै पसेर स्थानीयहरुलाई घाइते बनाएको थियो। घाइते भएका बलबहादुर कार्की र मन्नाम जोशीको अवस्था गम्भीर रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (mahendranagarpost.com)