३ महिना ९ दिनपछि आज थुनामुक्त हुँदै सन्दीप
nepallive.com · Fri Jan 13 00:49:00 GMT 2023
काठमाडौं – बलात्कार आरोप लागेपछि गत असोजमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछाने आज (शुक्रबार) थुनामुक्त हुँदैछन्। उच्च अदालत पाटनले २० लाख धरौटी बुझाएर रिहा गर्ने आदेश दिएसँगै उनी शुक्रबार रिहा हुने भएका छन्। केन्द्रीय कारागार सुन्धारामा रहेका उनी २० लाख धरौटी बुझाएपछि रिहाइ हुनेछन्।
जेलर ईश्वरीप्रसाद पान्डेले सन्दीपको तर्फबाट शुक्रबार धरौटी राखेर अदालतको आदेशसहित कारागार प्रशासनमा उपस्थित हुने जानकारी आएकाले शुक्रबार रिहा हुने नेपाल लाइभलाई बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)