“हरे राम”
baahrakhari.com · Sat Oct 09 01:07:00 GMT 2021
बाह्रपन्ध्र वर्षजति भयो नेपालमा “हरे राम हरे राम, रामराम हरेहरे । हरे कृष्ण हरे कृष्ण, कृष्णकृष्ण हरेहरे ।।” को निकै प्रचार भएर आइरहेछ । रामनामको प्रचार हुनु ता राम्रो कुरा हो । तर, प्रचारको आडमा अनाचार, व्यभिचार, अत्याचार हुनु हुँदैन ।
झन्डैझन्डै सबै टोलमा भक्तहरूको एकएक कीर्तनशाला छ, जहाँ बिहान, बेलुका, दिउँसो या लगातार चौबीस घण्टा तीन दिन, सात दिन “हरे राम” हुन्छ । भक्तभक्तिनीहरू विकृत स्वरमा नाभिस्थानदेखिको बल झिकेर चिच्याउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)