मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अमेरिकाको ग्रीन कार्डका लागि ५० लाख लाग्ने भन्दै ठगी, तीनजना पक्राउ

ratopati.com

अमेरिकाको ग्रीन कार्डको सपना देखाएर ठगी गर्ने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले संखुवासभाका परबिन राई, नवलपरासीका ओमकार गुप्ता र इलामका सञ्जय तामाङ रहेका छन् ।

उनीहरुले प्रेसिडेन्टल इमिग्रेसनको नाममा कार्यालय खोलेर ग्रीन कार्डको प्रलोभन देखाउँदै ठगी गर्ने गरेको खुलेको छ । अनुमति बिना सञ्चालित कार्यालयमा पुग्नेलाई उनीहरुले जापान, क्यानडा तथा अमेरिकाको ग्रीन कार्ड ग्यारेन्टीका साथ उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेको खुलेको प्रहरी उपरीक्षक दुर्गाराज सुवेदीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)