देउवाका उत्तराधिकारी बन्लान् ‘आउटडेटेड’ सिटौला?
barnanmedia.com · Mon Mar 03 22:50:18 GMT 2025

गृहमन्त्रीसमेत भइसकेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको कुनै बेला चाम थियो, ०६२-०६३ को जनआन्दोलन र शान्ति सम्झौताताका सिटौला प्रभावशाली थिए।
तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालापछि कांग्रेसमा उनकै हाइट थियो। झापाका सिटौलाले कांग्रेसमा सिटौला गुट बनाएर राखेका थिए। कोइराला र देउवा गुटपछि सिटौला गुट आउथ्यो। पार्टीको १३औं महाधिवेशनमा उनी सभापतिको प्रत्यासी बने। तत्कालीन सभापति शुशील कोइरालाको निधनपछि संस्थापन पक्षबाट सभापतिको प्रत्यासी बनेका रामचन्द्र पौडेललाई नेतृत्व अस्वीकार गर्दै सिटौला पनि सभापतिको प्रत्यासी बनेका थिए। तर, देउवाले बाजी मारे। १४औँ महाधिवेशनमा भने उनी सभापतिको दौडबाट बाहिरिए। देउवालाई सहयोग गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)