एनआरएनएको नवौं मध्यपूर्व क्षेत्रीय सम्मेलन कतारमा हुँदै
annapurnapost.com · Sun Oct 18 14:14:51 GMT 2026

साउदी अरब : गैरआवासीय नेपाली संघ (एनआरएनए )को नवौँ मध्यपूर्व क्षेत्रीय सम्मेलन आगामी डिसेम्बर ११ र १२, २०२६ मा कतारमा आयोजना हुने भएको छ।
मध्यपूर्वमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या, चुनौती र अधिकारका विषयमा साझा धारणा निर्माण गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको हो। सहयात्राको मूल भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको सम्मेलनको मूल नारा ‘सुरक्षित श्रम आप्रवासन, समृद्ध भविष्य, एनआरएनएको अभियान’ तय गरिएको छ। सम्मेलनले सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगारीको प्रवर्द्धनसँगै मध्यपूर्वमा रहेका नेपाली श्रमिकको हकहित संरक्षण, सामूहिक लगानी र नेपालको आर्थिक समृद्धिमा प्रवासी नेपालीको योगदान बढाउने विषयलाई प्राथमिकतामा राख्ने आयोजकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)