प्रत्येक ७२ मिनेटमा एक गोल, ६० गोलको नयाँ कीर्तिमान
ratopati.com · Tue Jun 30 21:34:17 GMT 2026
नर्वेका स्टार स्ट्राइकर भ्चष्लिन ज्बबबिलमले राष्ट्रिय टोलीका लागि अर्को ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । राष्ट्रिय टोलीबाट सबैभन्दा छिटो ५० गोल पूरा गर्ने चौथो खेलाडी बनेको केही समयपछि उनले अब आफ्नो देशका लागि सबैभन्दा छिटो ६० गोल गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।
विश्वकपको अन्तिम ३२ अन्तर्गत मंगलबार आइभरी कोस्टविरुद्ध २–१ को जितमा निर्णायक गोल गर्दै हालान्डले यो उपलब्धि हासिल गरेका हुन् । उक्त गोलसँगै उनले राष्ट्रिय टोलीका लागि ६० गोल पूरा गरे । विश्वकपमा यो उनको तेस्रो खेल मात्र थियो, जसमा उनले पाँचौं गोल गरे । यससँगै गोल्डेन बुटको दौडमा उनी शीर्ष स्थानमा रहेका लियोनल मेसीभन्दा केवल एक गोलले मात्र पछाडि छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)