दसैं मनाउन एक लाख मानिस उक्लिए पहाड
gorkhapatraonline.com · Sun Oct 18 14:30:13 GMT 2026

दसैं, तिहार मनाउन तराईबाट पहाड र सहरबाट गाउँतिर जानेको भिड लागेको छ । सुदूरपश्चिम प्रदेशको तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरबाट दसैं, तिहार मनाउन पहाड जानेहरुको भिड लागेको हो ।
दैनिक हजारौं मानिस सार्वजनिक सवारी साधनमार्फत आ–आफ्नो गन्तव्यतर्फ गइरहेका छन् । पछिल्लो दुई—तीन दिनको अवधिमा करिब एक लाख जति मानिस चाडपर्व मनाउन प्रदेशको पहाडी जिल्लातर्फ उक्लेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)