नेपाली ह्याण्डबल टोली ढाका प्रस्थान
onlinekhabar.com · Tue Jun 09 11:47:59 GMT 2026

२६ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आईएचएफ) को वार्षिक प्रतियोगिता साउथ एसियन जोन आईएचएफ ट्रफी २०२६ मा सहभागिता जनाउन नेपाली राष्ट्रिय ह्याण्डबल टोली मंगलबार बंगलादेशको राजधानी ढाकातर्फ प्रस्थान गरेको छ ।
जेठ २७ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालले यू–१८ जुनियर र यू–२० युथ गरी दुई विधामा प्रतिस्पर्धा गर्ने नेपाल ह्याण्डबल संघका महासचिव केशव पाठकले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
बंगलादेश
काठमाडौँ