मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्री भदौ दोस्रो साता चीन जाने

nayapatrikadaily.com · Sat Jul 22 00:55:00 GMT 2023

चीन भ्रमणमा दुई देशबीच विगतमा भएका सहमति कार्यान्वयनलगायत बिआरआईअन्तर्गत नेपाल–चीन सहकार्यका विषयमा छलफल हुने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भदौ दोस्रो साता चीन भ्रमणमा जाने गरी कूटनीतिक तयारी भइरहेको छ । पाँच वर्षपछि प्रधानमन्त्रीको चीन भ्रमण हुँदै छ । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणमा जाने सार्वजनिक गरिसकेका छन् । भदौ दोस्रो साता चीन जाने गरी दुई देशका कूटनीतिक च्यानलमा छलफल जारी छ । तर, उपयुक्त समयमा मिति सार्वजनिक हुने सम्बद्ध अधिकारीहरू बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)