को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा?
swasthyakhabar.com · Fri Oct 08 12:24:00 GMT 2021
काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।
खतिवडाले २०४८, २०५१, २०५६ र २०७४ सालमा निर्वाचन जितेका थिए। उनले २०६४ सालमा सम्पन्न पहिलो संविधान सभा निर्वाचन र २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा टिकट पाएनन्। पार्टीभित्र पनि माधव नेपालसँग नजिक भएकाले मन्त्री हुने अवसर पनि पाएनन्। मन्त्री र सांसद् नभएपछि बीचमा हराए जस्तै भए।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)