नेपाली महिला टिमले आज तान्जानियासँग प्रतिस्पर्धा गर्दै
thahakhabar.com
काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज चार देशीय टी-ट्वेन्टी सिरिजमा तान्जानियासँग खेल्दै छ। हङकङमा सुरु हुने सिरिजको उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्न लागेका हुन्।
यो खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले इतिहासमै पहिलो पटक तान्जानियासँग खेल्न लागेको हो। यो टिम आईसीसी महिला टी–ट्वेन्टी वरियताको १९ औँ स्थानमा छ भने नेपाल २१ औँ स्थानमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)