मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

ब्राइटनको फराकिलो जित, क्रिस्टल प्यालेस ५-० गोलले पराजित

ratopati.com · Sun Oct 18 15:03:17 GMT 2026

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सम्पन्न खेलमा ब्राइटनले क्रिस्टल प्यालेसमाथि ५-० गोलको फराकिलो र सानदार जित निकालेको छ ।

एकपक्षीय बनेको खेलमा ब्राइटनले खेलको सुरुवाती १० मिनेटभित्रै तीन गोल गर्दै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको थियो। खेलको चौथो मिनेटमै जेडी क्यानभोटको आत्मघाती गोल मार्फत ब्राइटनले सुरुवाती अग्रता बनाएको थियो । त्यसलगत्तै खेलको सातौँ मिनेटमा डिएगो गोमेजले गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको दशौँ मिनेटमा यासिन अयारीले गोल गरेपछि ब्राइटन पहिलो १० मिनेटमै ३-० ले अगाडि पुग्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)