ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना चालक कारबाहीमा
onlinekhabar.com · Mon Aug 17 01:57:29 GMT 2026

१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ७६५ जना कारबाहीमा परेका छन् ।
कारबाहीमा पर्नेहरुमा तीव्रगति सवारी साधन चलाउने ३४ जना, मादक पदार्थ खाएर सवारी साधन चलाउने ५८ जना, रातो बत्तीको उल्लंघन गर्ने २७ जना, गलत ठाउँमा पार्किङ गर्ने ४८ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने १४, अनावश्यक हर्न बजाउने १३ जना र जथाभावि यात्रु चढाउने र ओराल्ने ८ जना पक्राउ परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)