चर्चित बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
annapurnapost.com · Sun Oct 18 15:16:48 GMT 2026

काठमाडौं : चर्चित बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको घटना सार्वजनिक भएको छ। भारतीय सञ्चारमाध्यम एबीपी लाईभका अनुसार मुम्बईको जुहूस्थित पुष्पा पार्कमा उनीमाथि गोली प्रहार भएको हो।
मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले उनीमाथि गोली चलाएका हुन्। उक्त गोलीबारीको वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन। घटनापछि प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)