केन्द्रीय सदस्यहरुसामू नरम सुनिए माधव नेपाल
onlinekhabar.com · Thu Aug 05 17:40:30 GMT 2021
२१ साउन, काठमाडौं । पार्टी एकता कि विभाजन भन्ने अन्यौल कायमै रहेका बेला नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार केन्द्रीय सदस्यहरुलाई सम्बोधन गरे । नेताहरुका अनुसार तुलनात्मक रुपमा नरम देखिएका नेता नेपालले पार्टी एकता आफ्नो इच्छा भएको मात्र मात्र बताएनन्, अमर्यादित ढंगले शब्दहरु नगर्न नेताहरुलाई आग्रह गरेका छन् ।
२७ असारमा भएको १०बुँदे सहमतिका बाबजुद प्रतिनिधिसभा पुनस्र्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्वोच्च अदालतको फैसलासँग प्रभावित एमालेको एकता प्रयास ३ साउनमा माधवकुमार नेपालसहित २२ सांसदले फ्लोर क्रस गरेसँगै संकटमा पुगेको थियो । अध्यक्ष ओलीले नेता नेपाललाई एमालेमा ठाउँ नभएको घोषणा गर्नुका साथै २२ सांसदलाई स्पष्टीकरण समेत सोधिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)