बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते
khabarhub.com · Sun Oct 18 15:34:36 GMT 2026

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ। आइतबार साँझ भएको घटनामा अभिनेता श्रफ सकुशल रहे पनि उनका चालकसहित दुई जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार श्रफ फुटबल खेलेर घर फर्किने क्रममा जुहूस्थित पुष्पा पार्कनजिकै अज्ञात व्यक्तिहरूले उनको गाडीमा गोली चलाएका थिए। घटनाका बेला अभिनेतालाई हेर्न समर्थकहरू पनि त्यहाँ भेला भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)