वैशाखमा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स, १० महिनामै १९ खर्ब बढी
clickmandu.com · Tue Jun 09 11:58:25 GMT 2026

काठमाडौं । चालू आर्थिक वर्षका १० महिनामै रेमिट्यान्स (विप्रेषण आप्रवाह) १९ खर्ब रुपैयाँ नाघेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक चालू आर्थिक वर्ष २०८२/८३ को वैशाख मसान्तसम्मको तथ्यांक अनुसार रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको हो ।
वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको वैशाखमा रेमिट्यान्स १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ थियो । एक महिनामै सबैभन्दा धेरै रेमिट्यान्स प्राप्त भएको यो नै सबैभन्दा बढी हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ