मरिणको मासु प्रशोधनमा प्रश्न, प्रचण्ड परिवारको शंकास्पद साँठगाँठ
bishowkhabar.com · Tue Jun 09 11:57:17 GMT 2026
सिन्धुली– सिन्धुलीको मरिण क्षेत्रमा सञ्चालनको तयारीमा रहेको चिनियाँ लगानीको भनिएको भैंसीको मासु प्रशोधन परियोजनाको लगानी संरचना, व्यवस्थापन र निर्णय प्रक्रियाबारे स्थानीय तहमा प्रश्न उठ्न थालेका छन्।
परियोजनामा अमर यादवको सक्रियता बढेको भन्दै स्थानीय स्तरमा चासो र आशंका व्यक्त गरिएको छ। परियोजनासँग सम्बन्धित जग्गा खरिद–बिक्री, स्थानीय समन्वय तथा प्रशासनिक काममा उनको भूमिका देखिएको दाबी गरिएको छ। यादव नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालसँग निकट रहेर काम गरिरहेको भन्ने चर्चा पनि स्थानीय रूपमा छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)