प्रवासी नेपालीले नेपालमा किन लगानी गर्ने ?
ajakoartha.com · Mon Aug 17 02:21:00 GMT 2026

काठमाडौँ- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्नका लागि आह्वान गरेका छन् । चीनको ग्वाङ्झाउ सहरमा भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए ( को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरेका थिए ।
अर्थमन्त्री वाग्लेले सम्मेलनलाई सम्बोधन गर्ने क्रममा भनेका छन “सरकारले लगानीको माहोल बनाइरहेको छ । देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ । एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ । त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु ।” उनले थप भने “प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस् । पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस् । सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ ।’’
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)