आजदेखि देशभरका म्यानपावर पूर्ण रूपमा बन्द, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
reportersnepal.com · Mon Aug 17 02:29:57 GMT 2026
काठमाडौं, भदौ १ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकारसँग राखेका माग सम्बोधन नभएको भन्दै आजदेखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ। संघको निर्णयअनुसार काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका म्यानपावर कम्पनी तथा शाखा कार्यालयबाट वैदेशिक रोजगारीसम्बन्धी सेवा ठप्प हुनेछन्।
संघले नयाँ विज्ञापन, अन्तर्वार्ता, श्रमिक छनोट तथा रिक्रुटिङ प्रक्रियासहित वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोक्ने जनाएको छ। यससँगै पूर्वनिर्धारित श्रमिकका उडानसमेत प्रभावित हुने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)