कावासोतीमा अटो दुर्घटनाः एकको मृत्यु, सातजना घाइते
barnanmedia.com · Sun Oct 18 15:33:13 GMT 2026

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् ।
आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)