मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

फूलको कारोबार घट्यो

gorkhapatraonline.com · Fri Nov 17 07:11:26 GMT 2023

काठमाडौँ, मङ्सिर १ गते । भर्खर बिदा भएको तिहारमा नेपालमा उत्पादित सयपत्री फूलका मालाको माग र खपत निराशाजनक भएको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार नेपाली सयपत्री फूलको खपत अनुुमानभन्दा ७० प्रतिशत कम भएको हो । फ्यानका अध्यक्ष मीनबहादुर तामाङले यस पटक भारतबाट चाहिनेभन्दा बढी फूूल भित्रिएकाले नेपाली किसानले उत्पादन गरेका सबै फूल खेर जाने अवस्था आएको बताउनुुभयो । फ्यानले यो वर्ष ४० लाख फूलका माला खपत हुने अनुुगमन गरेको थियो । फ्यानका अनुसार ३५ लाख सयपत्री, साढे चार लाख मखमली, गोदावरी २० हजार र मिक्स माला ३० हजार खपत हुने भन्दै आएको थियो । मखमली, गोदावरी र मिक्स मालाको अनुुमान गरे अनुरूप कारोबार भए पनि सयपत्री फूलका मालाको खपत भने ३० प्रतिशतमै सीमित भएको फ्यानले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)