बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार
nepalnews.com · Sun Oct 18 15:56:07 GMT 2026

काठमाडौं। मुम्बईको जुहूस्थित पुष्पा पार्कमा बलिउड अभिनेता टाइगर श्राफमाथि गोली प्रहार भएको छ। भारतीय सञ्चारमाध्यम एबीपी न्युजका अनुसार मोटरसाइकलमा सवार तीन अज्ञात व्यक्तिले अभिनेता श्राफलाई लक्षित गरी गोली चलाएका हुन्।
घटनाको कारण हालसम्म खुल्न सकेको छैन। घटनाको जानकारी पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ। प्रहरीले आक्रमणमा संलग्न फरार अभियुक्तहरूको खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)