पाँच भाषामा वृत्तचित्र
annapurnapost.com · Thu Jun 15 00:57:08 GMT 2023
जोमसोम : महिला सशक्तिकरण र बाँच्नका लागि गरेको संघर्षको कथा समेट्दै पाँच भाषामा वृत्तचित्र बन्ने भएको छ। नेपालका स्थापित फिल्मकर्मी प्रमोद लामिछानेको निर्माणमा सोल अफ नेपाल फिल्म कम्पनीले ‘आवाज : महिला सशक्तिकरण र बाँच्नका लागि संघर्ष’ (द अनसाइलेन्स्ड् ः वुमेन्स इम्पावरमेन्ट एन्ड द ब्याटल फर सर्भाइभल) नामक वृतचित्र निर्माण गर्न लागेको हो।
नेपालका विभिन्न जिल्लाका चार जना महिलाहरूको प्रत्यक्ष जीवन भोगाइ र संघर्षमय जीवनकथालाई मुख्य विषयवस्तु बनाएर वृत्तचित्र निर्माण गर्न लागिएको हो। वृत्तचित्रमा हलिउडकर्मी मिलेना श्वागर र अनामिका अर्यालको सहलगानी रहनेछ भने वृत्तचित्रको निर्देशन निर्माता प्रमोद लामिछाने र टोसिट घतानेले गर्दैछन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)