भारत विश्वकपको फाइनलमा
nepalpress.com · Wed Nov 15 17:04:44 GMT 2023
नयाँ दिल्ली। न्युजिल्यान्डलाई ७० रनले हराउँदै घरेलु टोली भारत जारी एकदिवशीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। बुधवार वंखेडेमा भएको सेमिफाइनलमा भारतले ३ सय ९८ रनको लक्ष्य दिँदै जितको आधार बलियो बनाएको थियो।
न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन जोड्यो। न्युजिल्यान्डको पालीमा ड्यारिल मिचेलले एक सय ३४, कप्तान केन विलियम्सनले ६९ र ग्लेन फिलिप्सले ४१ रन बनाए। ४१ रनमा २ विकेट गुमाएको अवस्थामा मिचेल र विलियम्सनबीच तेस्रो विकेटका लागि एक सय ८१ रनको साझेदारी भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)