बैंकहरूमा निक्षेपको बाढी, कर्जा विस्तार सुस्त : निर्माण र उपभोग क्षेत्रमा भने दोहोरो अंकको वृद्धि
aarthiknews.com

काठमाडौँ। नेपालको बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप परिचालन र निजी क्षेत्रमा प्रवाहित कर्जा दुवै बढेको देखिएको छ। चालु आर्थिक वर्षको दश महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप उल्लेख्य रूपमा बढे पनि निजी क्षेत्रमा प्रवाहित कर्जा भने अपेक्षाकृत सुस्त गतिमा विस्तार भएको देखिएको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.४ प्रतिशत (६ खर्ब ८५ अर्ब ४१ करोड) ले वृद्धि भई करिब ७९ खर्ब ४९ अर्ब २८ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा निक्षेप वृद्धि ६.२ प्रतिशत मात्र थियो। वार्षिक विन्दुगत आधारमा भने निक्षेप १६ प्रतिशतले बढेको छ, जसले वित्तीय प्रणालीमा तरलता अझै मजबुत रहेको देखाउँछ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)