प्रदेश–१ को पहाडी भू–भागमा चट्याङ्सहित वर्षाको सम्भावना
baahrakhari.com · Tue Mar 22 00:32:00 GMT 2022
काठमाडौं । प्रदेश–१ को पहाडी भू–भागका केही स्थानमा आज मेघ गर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आज राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको विभागले अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)