मेरो नजरमा केपी शर्मा ओली
rajdhanidaily.com · Tue May 04 23:36:09 GMT 2021
सबै मानिस समान प्रकृतिका हुँदैनन् । व्यक्तिको व्यवहार, कार्यशैली र क्षमता पनि आआफ्नै प्रकारको हुन्छ । व्यक्तिमा निहित गुण र क्षमताकै आधारमा कुन व्यक्ति कस्तो छ भनी सार्वजनिक रूपमै मूल्यांकन गरिन्छ । आदर्श र नैतिकवान व्यक्ति पनि कतिपयको नजरमा आलोचक बन्न पुग्छन् । व्यक्तिको बहुआयामिक पक्षलाई विस्तृत रूपमै बुझ्ने र मूल्यांकन गर्ने दृष्टिकोण सबैमा समान नहुने भएकैले एउटै व्यक्ति कतिपयको नजरमा उत्कृष्ट मानिन्छ भने कतिको नजरमा उही व्यक्ति सामान्य ठानिन्छ । यसलाई सामान्य रूपमा लिनुपर्छ । सबैका सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । यसैका आधारमा कोही समाजमा चर्चित बन्छ त कोही अलोचक । काम गर्ने व्यक्तिले नै बढी आलोचना सहनुपर्छ । आफ्नो बारेमा प्रशंसा होइन आलोचना सुन्ने महान् व्यक्तिको विशेषता हो । किनकि प्रशंसाले त व्यक्तिलाई चुलीमा पु¥याएर शिथिल गराउँछ तर आलोचनाले कमीकमजोरी सच्याउँदै सफलताको शिखरमा पु¥याउन निरन्तर जागरुक गराउँछ । राजनीतिज्ञले अवलम्बन गर्नुपर्ने यो महत्वपूर्ण कुरा हो ।
सहकार्यको साझेदारी नभए पनि एउटै गाउँको बासिन्दाका हैसियतले बाल्यकालदेखि अहिलेसम्म मैले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविछिन्न अध्ययन अवलोकन गर्दै आएको छु । ओलीलाई हेर्ने मेरो दृष्टिमा, दृष्टिदोष पनि हुन सक्ला जसको कारण मेरो दृष्टिकोण अरूको जस्तो नहुन सक्छ । तथापि केपी ओलीकै राजनैतिक सहकर्मी, निकटतम सहयोगी, विरोधी एवं प्रतिपक्षसँगै राखेर उनलाई तुलनात्मक रूपमा अध्ययन गर्दा मैले पाएको केपी शर्मा ओलीको नितान्त व्यक्तिगत व्यवहार र कार्यशैलीमा आधारित टिप्पणी यहाँ प्रस्तुत गरेको छु । यसलाई अन्यथा नठानीदिन अनुरोध गर्छु । साथै ओलीको सम्माननीय प्रधानमन्त्रीको पदीय हैसियतसँग भने यो टिप्पणी सम्बन्धित छैन, किनकि प्रधानमन्त्रीको पदीय हैसियत, पदीय गरिमा, कार्यसम्पादन प्रणाली एवं कार्य प्रकृतिको आफ्नै विशेषता हुन्छ । गहन सार्वजनिक दायित्व वहन गर्ने व्यक्तिको पदीय दायित्व सम्पादनमा व्यक्तिगत व्यवहार र कार्यशैलीको अन्तरसम्बन्ध भने रहन्छ । यस आलेखमा मैले अनुभूति गरेका केपी शर्मा ओलीको व्यक्तिगत बानीव्यहोरा, जविनशैली र व्यक्तित्वसँग सम्बन्धित विषय वस्तुलाई नै स्रोत सामग्री बनाएको अवगत गराउँछु ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)