म्यानपावर कम्पनी आजदेखि पूर्ण रूपमा बन्द
nepalnews.com · Mon Aug 17 03:38:45 GMT 2026

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले आफ्ना माग सम्बोधन नभएको भन्दै आज (सोमबार)देखि देशभरका म्यानपावर कम्पनी पूर्ण रूपमा बन्द गरेको छ। संघको निर्णयसँगै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत ठप्प भएको छ।
संघले सरकारलाई पटक–पटक आफ्ना माग सम्बोधन गर्न आग्रह गरे पनि बेवास्ता गरिएको आरोप लगाउँदै आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको जनाएको छ। यसअघि आन्दोलनका क्रममा पूर्वअन्तिम श्रम स्वीकृति, नयाँ मागपत्रको विज्ञापन प्रकाशन तथा भिसा स्ट्याम्पिङलगायतका काम रोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)