एकीकृत समाजवादीको स्थायी समिति बैठक भोलि बस्दै
baahrakhari.com · Fri Dec 30 17:09:00 GMT 2022
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागिताको विषयमा टुङ्गो लगाउन यही पुस १६ गते शनिबार स्थायी समितिको बैठक बोलाएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बस्ने बैठकले निर्वाचनमा पार्टीले प्राप्त गरेको परिणामको समीक्षा, पछिल्लो पटक विकास भएको राजनीतिक घटनाक्रममा पार्टीले निर्वाह गर्ने भूमिका, आगामी दिनका लागि रणनीति तथा कार्ययोजना, पार्टीले सरकारमा सहभागी नभए पनि सरकारलाई समर्थन गर्नेबारे निर्णय लिने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)