अमेरिकी आक्रमण भए ठुलो क्षति पुर्याउने इरानका नयाँ रक्षामन्त्रीको चेतावनी
ratopati.com · Sun Oct 18 16:55:13 GMT 2026

काठमाडौँ । इरानका नवनियुक्त रक्षामन्त्री मेहरदाद अखलाघीले अमेरिकाले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गरेमा अमेरिका र मध्यपूर्वमा रहेका उसका सहयोगीहरूले ठुलो क्षति बेहोर्नुपर्ने चेतावनी दिएका छन् ।
इरानी संसद्बाट विश्वासको मत प्राप्त गरेपछि आइतबार पत्रकारहरूसँग कुरा गर्दै अखलाघीले अमेरिकाले इरानमाथि पुनः आक्रमण गर्ने सम्भावना न्यून रहेको बताए । तर, त्यस्तो कदम चालिए अमेरिका र सम्पूर्ण क्षेत्रले गम्भीर परिणाम भोग्नुपर्ने उनको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)