होटेलमा युवतीसहित भेटिए प्रहरी चौकीका इन्चार्ज, जिल्ला प्रहरी कार्यालयले थाल्यो अनुसन्धान
bishowkhabar.com · Mon Aug 17 03:55:52 GMT 2026

काभ्रेपलाञ्चोक -नमोबुद्ध नगरपालिका–४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज प्रहरी सहायक निरीक्षक (सइ) गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले मध्यरातमा एक होटेलबाट युवतीसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।
स्थानीयका अनुसार नमोबुद्धस्थित एक होटेलमा श्रेष्ठ युवतीसहित रहेको जानकारी पाएपछि उनीहरू त्यहाँ पुगेका थिए। त्यसक्रममा श्रेष्ठसहित दुई जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बुझाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)