आजदेखि देशभरका म्यानपावर बन्द, श्रमका लागि विदेश जानेहरू प्रभावित
corporatenepal.com · Mon Aug 17 03:57:13 GMT 2026

काठमाडौँ । आफ्ना माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आजदेखि देशभरका म्यानपावर कम्पनीको कामकाज ठप्प पार्ने घोषणा गरेको छ । सङ्घका अनुसार म्यानपावर कार्यालय बन्द गर्नुका साथै ती संस्थामार्फत वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया रोकिनेछ ।
व्यवसायीहरूले यसअघि आन्दोलनको पहिलो चरणमा पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ रोजगारीका विज्ञापन र भिसा स्ट्याम्पिङको काम रोक्दै आएका थिए । श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि तोकिएको समयसमेत सकिएपछि सोमबारदेखि आन्दोलनलाई थप कडा बनाउँदै सबै काम रोक्न लागिएको सङ्घले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)