भोटेकोशी बाढी प्रभावित ४९ परिवारलाई राहत वितरण
ratopati.com · Sun Oct 18 17:26:57 GMT 2026

जुम्ला । पातारासी गाउँपालिकाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित यहाँका ४९ घरपरिवारलाई राहत वितरण गरेको छ । रोजगारीको सिलसिलामा रसुवा पुगेका पातारासीका ४९ जना बाढीमा बेपत्ता भएका थिए ।
गाउँपालिकाले बाढीपीडित प्रतिपरिवारलाई रु ३० हजारका दरले रकम वितरण गरेको हो । गाउँपालिकाका अनुसार वर्ल्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको साझेदारीमा परियोजनाअन्तर्गत कुल रु १४ लाख ७० हजार सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोराले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)