मर्न छाडिएका सुकुम्बासी
nepalnews.com · Mon Aug 17 04:15:08 GMT 2026

सुकुम्बासी बस्तीबाट सरकारले हटाएपछि भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रको होल्डिङ सेन्टरमा बस्दै आएका ५७ वर्षीय हिरालाल हजारा पासवान २८ साउनमा त्यहीँ मृत फेला परे। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डी नेउपानेका अनुसार उनको शव झुन्डिएको अवस्थामा भेटिएको थियो।
संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाको विवरणअनुसार २०६२/६३ सालको जनआन्दोलनपछि हिरालालको परिवार थापाथलीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएको थियो। त्यहीँ बदाम, स्ट्रबेरीलगायत खानेकुरा बेचेर हिरालालले छोरा र नातिनातिनासहित सात जनाको परिवार धान्दै आएका थिए। उनका छोरा रवि नशासम्बन्धी समस्याका कारण औषधि सेवन गरिरहेका छन्। परिवारको खर्च जुटाउने मुख्य जिम्मेवारी हिरालालकै थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)