मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दैनिक ८ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

himalpress.com · Tue Jun 09 12:11:24 GMT 2026

काठमाडौँ- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा रु १९ खर्ब १६ अर्ब ९० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वर्तमान म्याक्रोइकोनोमिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले वृद्धि भएको हो।

गत वैशाख महिनामा मात्रै नेपालले रु २५७ अर्ब ४९ करोड रेमिट्यान्स प्राप्त गरेको छ। अघिल्लो वर्षको सोही महिनामा रु १६५ अर्ब ३० करोड रेमिट्यान्स भित्रिएको थियो। यस आधारमा वैशाखमा दैनिक औसत रु ८ अर्ब ५० करोडभन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको प्रतिवेदनमा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)