प्रशिक्षक अलमुताइरी भन्छन्– फिफा वरीयतामा भारत निकै माथि छ, तर हामी डराउँदैनौं
nayapatrikadaily.com · Sun Oct 10 00:38:00 GMT 2021
नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा वरीयतामा भारत निकै माथि भए पनि आफूहरू नडराउने बताएका छन् । उनले दक्षिण एसियाकै सबैभन्दा बलियो टोलीविरुद्ध आइतबार हुने खेलमा नेपाल डराएर प्रतिस्पर्धा नगर्ने बताएका हुन् ।
अहिले उनी नेपाली टोलीका साथ माल्दिभ्सको मालेमा छन् । मालेमा दक्षिण एसियाली फुटबल (साफ) चलिरहेको छ । नेपाल–भारतबीचको खेलअघि शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अलमुताइरी अलि फरक रुपमा प्रस्तुत भए । उनको प्रतिक्रियाले सबै स्तब्ध पनि भएका छन् । आइतबार हुने खेलमा नेपालको जित्ने सम्भावना केवल एक प्रतिशत र भारतको जित प्रतिशत ९५ प्रतिशत रहेको उनले दावी गरेका छन् । ‘आइतबारको खेल महत्वपूर्ण छ, भारत दक्षिण एसियाको उत्कृष्ट टोली हो, सातपटकको विजेता पनि हो । यू–२३ टोलीले नै उपाधि जितेको इतिहास छ’, अलमु्ताइरीले भने, ‘आजकोे खेल भारतले जित्ने सम्भावना ९५ प्रतिशत छ, बराबरी चार प्रतिशत छ र नेपालले जित्ने सम्भावना एक प्रतिशत मात्रै छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)