रहेनन् ‘फूलको आँखामा फूलै संसार’ गीतका सर्जक जनकवि दुर्गालाल श्रेष्ठ
rajdhanidaily.com · Mon Aug 17 04:45:10 GMT 2026

काठमाडौं । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको ९३ वर्षको उमेरमा निधन भएको छ । उनको गएराति बुढानीलकण्ठस्थित घरमै निधन भएको हो ।
नेपाल भाषा परिषद्बाट दुई दशक अगाडि जनकविको उपाधिबाट सम्मानित श्रेष्ठ पछिल्लो ६ दशकदेखि लगातार साहित्य सिर्जनामा लागेका थिए । श्रेष्ठले नेपाल भाषासहित नेपालीमा पनि कविता, गीतसहित अन्य विधामा पनि कलम चलाएका छन् । नेपाल भाषामा उनका एक दर्जनभन्दा धेरै कृति प्रकाशित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)