सुरक्षा मापदण्ड पालना गरी निरन्तर सेवा दिन वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन
nepallive.com · Tue Apr 20 00:59:00 GMT 2021
काठमाडौं – नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको दोस्रो लहर बढ्दै गएकाले उच्च सतर्कतासहित निरन्तर सेवा दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै संक्रमण तीव्र बढेकाले स्वास्थ्य मापदण्ड पालना गरी कारोबार गर्न निर्देशन दिएको हो।
नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम कम गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)