भूकम्पमा ज्यान गुमाएकाको स्मृतिमा म्याग्दीमा शोकसभा
ratopati.com · Sat Nov 04 23:05:00 GMT 2023
म्याग्दी । समाजवादी मोर्चाले भूकम्पमा ज्यान गुमाएकाहरूको स्मृतिमा शनिबार बेनीमा शोकसभा गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेकपा र जनता समाजवादी पार्टी आबद्ध मोर्चाले आयोजना गरेको सभामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि र सरकारी अधिकारीले राष्ट्रिय विपद्को व्यवस्थापन गर्न सबै एकताबद्ध हुनुुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय पर्वका अवसरमा मोर्चाले आयोजना गरेको पूर्वनिर्धारित शुुभकामना आदान–प्रदान कार्यक्रम जाजरकोट भूकम्पका कारण शोकसभामा रुपान्तरण भएको थयो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)