प्रजातन्त्र कसरी र किन आयो ?
ratopati.com · Mon Feb 19 00:26:00 GMT 2024
आजभन्दा ७३ वर्षअघि एक सय तीन वर्षे लामो जहाँनियाँ राणाशासन ढलेर प्रजातन्त्र आउनुको पछाडि चारवटा परिस्थिति कारक थिए — १) जंगबहादुरको जातीय कानुन (१९१० को मुलुकी ऐन) । २) राणाहरूभित्र ‘क्लास’ अर्थात् वर्ग विभाजन । ३) १९९० सालको भूकम्प । ४) अन्तर्राष्ट्रिय परिस्थिति ।
सर्वप्रथम मुलुकी ऐन र यसले सिर्जना गरेको सामाजिक अवस्थाको चर्चा गरौँ । मूल रूपमा मनुस्मृति र जयस्थिति मल्लको कानुन (न्यायविकासिनी)मा आधारित जंगबहादुरको मुलुकी ऐनले मानिसको कथित जातलाई झार्ने र सर्वस्व हरण गर्नेसम्मको सामथ्र्य राख्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)